पाकिस्तान ‘मिनी विश्वकप’ च्याम्पियन

लन्डन (एएफपी) — पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता जितेको छ । पाकिस्तानले मिनी विश्वकपको उपनाम पाएको यो उपाधि पहिलो पटक जितेको हो ।

३ सय ३९ रनको लक्ष्य पाएको भारत ओवल मैदानमा ३०.३ ओभरमा १ सय ५८ रनमा अलआउट भएपछि परम प्रतिद्वन्द्वीसँगको फाइनलमा लज्जास्पद हार बेहोरेको हो ।

पाकिस्तान ‘मिनी विश्वकप’ च्याम्पियन

पाकिस्तानले डिफेन्डिङ च्याम्पियन भारतलाई १ सय ८० रनले पराजित गर्दै च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिता जितेको छ । पाकिस्तानले मिनी विश्वकपको उपनाम पाएको यो उपाधि पहिलो पटक जितेको हो ।

३ सय ३९ रनको लक्ष्य पाएको भारत ओवल मैदानमा ३०.३ ओभरमा १ सय ५८ रनमा अलआउट भएपछि परम प्रतिद्वन्द्वीसँगको फाइनलमा लज्जास्पद हार बेहोरेको हो ।

भारतबाट हार्दिक पाण्ड्याले सर्वाधिक ७६ रन बनाए । सातौं नम्बरमा खेल्दै उनले ४३ बल खेली ४ चौका र ६ छक्का प्रहार गरे । तर रवीन्द्र जडेजासँग समझदारी मिलाउन नसक्दा उनी रनआउट भए । पाकिस्तानका मोहम्मद आमिरले सुरुमै ३ विकेट लिई भारतको इनिङ्सलाई तहस नहस बनाए । हसन अलीले पनि ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले फाइनलमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ३८ रन बनायो । आफ्नो केवल चौथो वान डे अन्तर्राष्ट्रिय खेल्दै गरेका फाखर जमानले १ सय १४ रन बनाई पाकिस्तानलाई राम्रो स्थितिमा उभ्याए । यो उनको पहिलो वान डे शतक पनि हो । उनले ३ रनमै क्याच दिन पुगेका थिए, तर त्यो नो बल थियो ।

जमानले ओपनर अजहर अलीसँग पहिलो विकेटमा २३ ओभर भित्र १ सय २८ रन जोडी पाकिस्तानलाई राम्रो सुरुआत दिलाएका थिए । अली ७१ बल खेली ६ चौका र १ छक्का प्रहार गरी ५९ रनमा रनआउट भए । जमानले त्यसपछि बाबर आजमसँग दोस्रो विकेटमा ७८ रन जोडे ।
५२ बल खेली ४ चौका प्रहार गरेका आजमलाई केदार यादवले आउट गरे । पूर्व कप्तान सोएव मलिक १२ रन बनाई भुवनेश्वर कुमारको बलमा आउट भए । मोहम्मद हफिज ५७ र इमाद वासिमले २५ रनको नटआउट इनिङ्स खेल्दै पाँचौं विकेटमा ७१ रनको साझेदारी गरे ।

हफिजले ३७ बल खेली ४ चौका र ३ छक्का तथा वसिमले २१ बल खेली १ चौका र १ छक्का प्रहार गरे ।

प्रकाशित : असार ४, २०७४ २१:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?