विद्यालयमा बक्सरको खोजी

काठमाडौं — नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तक्र्रिया गर्‍यो । संघको बक्सिङ इन स्कुलअन्तर्गत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ ।

संघले पहिलो चरणमा कुल १७ विद्यालयमा बक्सिङ खेल सुरु गर्ने जनाएको छ । त्यसका लागि संघले प्राविधिक सहयोगका रूपमा प्रशिक्षक उपलब्ध गराउनेछ ।

यसअघि कुल ४६ विद्यालयमा गरिएको अन्तक्र्रियाबाट १७ विद्यालयले बक्सिङ खेल सुरु गर्नका लागि समयसहित प्रतिबद्धता जनाएका छन् । बक्सिङको अन्तर्राष्ट्रिय निकाय एएसबीसीको सहयोगमा नेपाल आएका काजकिस्तानी प्रशिक्षक मुख्तर बर्डिम्बेतोभले विद्यालय टुयालेन्ट हन्टका रूपमा निरीक्षण गर्नेछन् । केही विद्यालयमा विदेशी प्रशिक्षकले प्रशिक्षणसमेत गर्ने संघका अध्यक्ष राम अवाले बताए ।

प्रकाशित : असार ५, २०७४ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?