यू-१९ विश्वकप छनोटका लागि खेलाडी चयन

कान्तिपुर संवाददाता

काठमाडौं — उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिंगापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ । आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गरेका हुन् ।

उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सिङ्गापुरमा हुने खेलका लागि १८ सदस्यीय खेलाडीको टोली छनोट गरिएको छ ।

आइसिसी एसियाका चिफ डेभलपमेन्ट अफिसर वेनकटपथी राजु, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाका साथै उन्नाइस वर्षमुनिका राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक विनोद दास सम्मिलित टोलीले आज खेलाडीको छनोट गरेका हुन् ।

छनोट हुनेमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दीप सुनार, ललित राजवंशी र पवन सर्राफ, अनिलकुमार साह, किशोर महतो तथा सुशान्त सिंह थापा छन् ।

त्यसैगरी, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दीप जोरा, राजन ढकाल, प्रनित थापा मगर, शाहव आलम, रसिद खान र आदिल खान छनोट भएका छन् ।

प्रकाशित : असार ५, २०७४ १६:२९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बीजेपीले दलित नेता रामनाथ कोविन्दलाई राष्ट्रपति पदको उम्मेदवार बनाउने

कमलदेव भट्टराई

नयाँ दिल्ली — आगामी जुलाई १७ मा हुने भारतको राष्ट्रपति निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)ले बिहार राज्यका गभर्नर रामनाथ कोविन्दको नाम सिफारिस गरेको छ । वर्तमान राष्ट्रपति प्रवण मुखर्जीको कार्यकाल जुलाई २४ मा सकिँदै छ । त्यसैले राष्ट्रपति निर्वाचनका लागि औपचारिक प्रक्रिया सुरु भइसकेको छ ।

केही महिना यता  भारतीय संचारमाध्यममा अन्य धेरै व्यक्तिका नामहरुमा छलफल भएपनि बीजेपीको संसदीय दलको बैठकले चर्चामा नरहेका कोविन्दको नाम चयन गरेको हो । बीजेपीको तर्फबाट राष्ट्रिय स्वयं सेवक संघका अध्यक्ष मोहन भागवतदेखि धेरैको नाम चर्चामा रहेको थियो ।

७० वर्षिय कोविन्द कानपुरका एक दलित नेता हुन् । सन् १९४५ अक्टोवर १ मा जन्मेका कोविन्दले बीकम र कानपुर विश्वविद्यालयबाट कानुनमा एलएलबी गरेका छन् । उनी पेशाले कानुन व्यवसायी हुन् र दिल्लीमा नै कानुनी पेशामा सक्रिय रहने गर्दछन् । उनी दुई पटक राज्यसभा सदस्य भइसकेका छन् । 

हालै सम्पन्न उत्तर प्रदेश र केही राज्यको विधानसभा निर्वाचनमा आफ्नो अवस्था दरिलो बनाएको भापजाले राष्ट्रपति पद आफ्नो पोल्टामा पार्ने सम्भावना बढ्दै गएको छ । बीजेपीका राष्ट्रिय अध्यक्ष अमित शाहले कोविन्दले निरन्तर रुपमा दलित हक र अधिकारको विषयमा काम गर्दै आएको बताएका छन् । उनले दुई वर्ष अगाडि बिहारको गभर्नरको पद सम्हालेका थिए ।

बीजेपीले पछिल्ला निर्वाचनमा दलित भोट बढाउँदै लगेको छ । कोविन्दलाई राष्ट्रपति बनाउँदा अर्काे वर्ष हुने विधानसभा निर्वाचन र सन् २०१९ मा हुने लोकसभा निर्वाचनमा बीजेपीको अवस्था झन बलियो हुने आंकलन विश्लेषकहरुको रहेको छ ।  कोविन्दको छनोटले आगामी निर्वाचनहरुमा दलित तथा अन्य पिछडीएका समुदायको समर्थन आफूहरुलाई बढ्ने बीजेपीका नेताहरुको पनि बुझाई  छ । 

भारतका दलितको जनसंख्या झण्डै १५ प्रतिशत रहेको छ र धेरै राज्यमा भोटको हिसाबले महत्वपूर्ण स्थानमा रहेका छन् ।
  
उता विपक्षी दलहरुले भने आफ्नो तर्फबाट साझा उम्मेदवार खडा गर्ने प्रयत्न गरिरहेका छन् । विपक्षी दलहरुको बीचमा उम्मेदवार छनोटको विषयमा केही चरणको वार्ता भएपनि उम्मेदवार चयन भइसकेको छैन । 

जनता दल युनाइटेडका नेता केसी त्यागीले कान्तिपुरसंग भने, ‘विपक्षीको तर्फबाट साझा उम्मेदवार बनाउने प्रयास भईरहेको छ ।’ विपक्षी दलहरुको आगामी केही दिनमा बस्ने बैठकले उम्मेदवार चयन गर्ने बताइएको छ । 

राष्ट्रपतिको लागि उम्मेदवारी दर्ताको समय आगामी जुन २८ सम्मलाई तोकिएको छ । बीजेपीले दलित उम्मेदवारलाई छनोट गरेपछि विपक्षी दलहरु अप्ठेरोमा परेका छन् । उनीहरुलाई दलित उम्मेदवारलाई समर्थन नगर्न गाह्रो पर्ने देखिन्छ ।

प्रकाशित : असार ५, २०७४ १६:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT