टेबलटेनिस खेलाडीको ज्वेलरी विजनेस

काठमाडौं — दक्षिण एसियाली खेलकुदमा दुई कांस्यपदक जितेकी टेबलटेनिस खेलाडी स्वेच्छा नेम्बाङले विजनेस करिअर पनि सुरु गरेकी छन् । उनले पुरानो बानेश्वरमा ‘शौभाग्य ज्वेलर्स प्रालि’सोमबार सञ्चालनमा ल्याएकी छन् ।

टेबलटेनिस खेलाडीको ज्वेलरी विजनेस

दक्षिण एसियाली खेलकुद ९साग० मा कीर्तिमान चार स्वर्ण जितेका तेक्वान्दोका लिजेन्ड दीपक विष्ट, करातेमा दुई स्वर्ण विजेता दीपक श्रेष्ठ ९अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ०, १२ औं सागमा स्वर्णधारी जुडोकी फुपू ल्हामु खत्री र फुटबलर नवयुग श्रेष्ठले शौभाग्य ज्वेलर्सको उद्घाटन गरे ।

‘नेपालमा खेलेरमात्र हुन्न,’ नवौं र दसौं सागको महिला टिम स्पर्धामा कांस्यपदक हात पारेकी स्वेच्छाले भनिन्, ‘जीवन चलाउने आम्दानीका लागि अरु केही काम गर्नैपर्छ । त्यसैले मैले ज्वेलरी पसल सुरु गरे ।’ उनले थपिन्, ‘विजनेस सुरु गरेपछि खेल छाड्ने भन्ने होइन । मेरो प्राथमिकता खेल नै हो । परिवारको सहयोगमा खेल र विजनेसलाई सँगसँगै अगाडि बढाउनेछु ।’

उनले मुना गुरुङसँग मिलेर ज्वेलरी विजनेस सुरु गरेकी हुन् । सुन, चाँदी, हिरा, मोती, जेट, पत्थरलगायतका स्वदेशी तथा बिदेशी गरगहना शौभाग्य ज्वेलर्समा पाइने उनले बताइन् ।

प्रकाशित : असार ५, २०७४ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?