२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नाडल र १० फ्रेन्च ओपन

क्रिस्टोफर क्लेरे

पेरिस — राफेल नाडल स्पेनी टापु मार्जोकामा जन्मे र हुर्के । उनको एउटै सपना थियो, एकपल्ट फ्रेन्च ओपन जित्ने । अहिले उनले जितेको फ्रेन्च ओपनको संख्या पुगेको छ, १० । धेरै हल्लाखल्ला गर्न नरुचाउने खेलाडीमा पर्छन्, नाडल । उनी जित–हारमा धेरै प्रतिक्रिया पनि दिँदैनन् । यसै साता उनले त्यस्तो उपलब्धि हात पारे, जसको ठूलै हल्लाखल्ला भने आवश्यक छ । उनले स्टान वावरिन्कालाई सजिलै हराएर दसौंपल्ट फ्रेन्च ओपन जिते, सुरुमा आत्तिएर खेल सुरु गरे पनि ।

नाडल र १० फ्रेन्च ओपन

जित अन्ततः कति सहज रह्यो भने यसका लागि उनले कोर्टमा २ घण्टा ५ मिनेटमात्र खर्चे । ‘विश्व खेलकुद इतिहासमै नाडललाई महान् खेलाडीका रूपमा सम्झिइनेछ,’ फाब्रिस सान्टोरोले भने । उनी पूर्वफ्रान्सेली टेनिस खेलाडी हुन् । अहिले फ्रेन्च ओपनका क्रममा अन्तर्वार्ता लिने गर्छन् । नाडलले दसौंपल्ट उपाधि जितेलगत्तै सान्टोरो कोर्टमा उनको नजिक पुगे र स्पेनी भाषामा भने, ला डेसिमा । अर्थात सपना पूरा भएको छ ।

वास्तवमै नाडलको उपलब्धि विश्व खेलकुदमा धेरै ठूलो छ । विश्व टेनिसमा कोही पनि खेलाडीले एक ग्रान्ड स्लाम उपाधि सातभन्दा बढी पटक जितेका छैनन्, नाडललाई छाडेर । सुरुआती दिनमा नाडललाई फुटबलमा राम्रै खेलाडी मानिएको थियो । उनी ९ नम्बरको जर्सी लगाउँथे । प्रायः स्ट्राइकरले मन पराउने यो जर्सी नम्बर उनलाई खुबै प्यारो लाग्थ्यो । अचेल सायद उनलाई १० नम्बर बढी मन परेको छ । त्यसैले त उनले मोन्टे कार्लो र बार्सिलोनामा पनि १०–१० पल्ट उपाधि जितिसकेका छन् ।

यस्तै १० उपाधिको उपलब्धि अहिले उनले पेरिसमा हात पारेका छन् । उनले यो उपलब्धि के चुमे, चारैतर्फ नम्बर १० को ब्यानर देखिएको थियो । सन् २००५ मा उनले पहिलोपल्ट फ्रेन्च ओपन जितेका थिए । त्यति बेलाको घटना सम्झँदै उनले भनेका छन्, ‘त्यति बेला मलाई लागेको थियो, सन् २०१७ तिर म मार्जोकातिर कतै डुंगा खियाइरहेको हुनेछु । हुन पनि एकपल्ट फ्रेन्च ओपन जितेयता मैले दोस्रोपल्ट जित्ने सपना पनि देखेको थिइनँ ।’

खासमा उनले दोस्रोपल्ट फ्रेन्च ओपन जित्ने सपना पनि बुनेका थिएनन् । जति बेला दसौं उपाधि जिते । उनले भने, ‘प्रत्येकपल्ट फ्रेन्च ओपन जित्दा मैले धेरै मिहिनेत भने गरेको छु, यसमा कुनै शंका छैन । प्रत्येक उपाधिसँग अर्को उपाधि तुलना गर्न पनि मिल्दैन । सबैभन्दा ठूलो रोलान्ड ग्यारोसमा खेल्दाको मज्जा नै बेग्लै छ । अहिलो लाग्छ, यसपल्टको उपाधिमाथि कब्जा जमाउने काम मेरो खेलजीवनको सबैभन्दा महत्वपूर्ण घटना हो । यसमा पनि शंका नगरे हुन्छ ।’

हुन पनि नाडलले यसपल्टको फ्रेन्च ओपन जित्ने क्रममा निकै सुदृढ खेल प्रदर्शन गरे । यसपालि एकै सेट पनि गुमाएनन् । यस्तो भएको तेस्रोपल्ट हो । यसपल्ट उनले ३५ गेममात्र गुमाए । यो आधुनिक विश्व टेनिसको ग्रान्ड स्लाम टेनिसमा दोस्रो कम गेम गुमाएको कीर्तिमान पनि हो उपाधिसम्मको यात्रामा । जति बेलादेखि ग्रान्ड स्लामको पुरुष खेल पाँच सेटको भयो । नाडल अगाडि ब्योन बर्गलाई क्ले कोर्टको सबैभन्दा राम्रो खेलाडी मानिन्थ्यो । यी स्वीडेनी खेलाडीले सन् १९७८ मा फ्रेन्च ओपन जित्दा ३२ गेममात्र गुमाएका थिए, जुन अहिलेसम्म पनि कीर्तिमानका रूपमा रहेको छ ।

अब यो कीर्तिमानको त्यति अर्थ हुने छैन । नाडलको दस फ्रेन्च ओपन कीर्तिमान अगाडि । वास्तवमै नाडलले यसपल्ट त्यो काम गरेका छन्, जसका बयान गर्ने शब्द स्पेनी भाषामै मात्र ठ्याक्क मिल्छ । त्यो हो, ला डेसिमा । लाग्छ, अब मार्जोकाका प्रत्येक बच्चाले केही न केही ठूलै सपना देख्न सुरु गर्नेछन् ।

न्युयोर्क टाइम्स

प्रकाशित : असार १३, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?