३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

पाकिस्तानी क्रेजमा गिग्स दंग

एपी

इस्लामाबाद — म्यानचेस्टर युनाइटेडका पूर्वस्टार रायन गिग्स पाकिस्तानी युवापुस्ताको फुटबल क्रेज देखेर दंग परेका छन् । पाकिस्तानमा गिग्स र रोनाल्डिन्होसहित ७ विश्व स्टारले यसै सप्ताहन्त पाकिस्तानमा दुई खेलको प्रदर्शनी शृंखलामा भाग लिएका हुन् ।

‘खास पुस्ताका लागि यहाँ फुटबल निकै आकर्षक देखियो,’ गिग्सले भने । हजारौं फुटबलप्रेमीले कराँची र लाहोरमा खेलिएका दुई सेभेन ए साइड म्याच हेरेका थिए । उक्त खेलहरू पाकिस्तानी टेलिभिजनहरूले प्रत्यक्ष प्रसारणसमेत गरे । दुवै खेलमा रोनाल्डिोन्हो सेभेनले गिग्स सेभेनलाई हरायो । ब्राजिली टिमले आइतबार लाहोरमा २–० को विजय पाएको हो । प्रदर्शनी खेलमा भाग लिनेमा डचम्यान जर्ज बोटाङ, पूर्व फ्रान्सेली स्टार रोबर्ट पिरेज र निकोलस एनेल्का, पूर्व इङलिस गोलरक्षक डेविड जेम्स र पोर्चुगाली लुइस वोआ मोर्टे थिए ।

वल्र्ड गु्रप नामक एक निजी कम्पनीले उक्त भ्रमण खेल आयोजना गरेको हो । यसको उद्देश्य विश्व वरीयतामा २ सयौं स्थानमा रहेको पाकिस्तानमा फुटबल प्रवद्र्धन गर्नु थियो ।

पाकिस्तानमा फुटबल पूर्वाधारको बिजोग छ । शनिबार रातिको पहिलो खेल कराँचीको एक हक्की स्टेडियममा खेलाइएको थियो । गिग्सले पूर्वाधारमै प्रश्न उठाए । ‘मलाई लाग्छ पाकिस्तानी फुटबल सुधार्न सबैभन्दा पहिला पूर्वाधार अनि राम्रो प्रशिक्षक चाहिन्छ,’ उनले भने ।

लाहोरमा सन् २००९ मा भ्रमणकारी श्रीलंकाली क्रिकेट टिममाथि आक्रमणको घटनाले पाकिस्तान विदेशी खेल टिमहरूका लागि सदैव शंकाको घेरामा रहँदै आएको छ । त्यसयता मात्रै जिम्बावेको क्रिकेट टोलीले पाकिस्तान भ्रमण गरेको थियो ।

सात अन्तर्राष्ट्रिय फुटबलरका लागि पाकिस्तानी सेनाले विशेष सुरक्षा दिएको थियो । ‘हामी पाकिस्तान सुरक्षित देश हो भनेर सन्देश दिन चाहन्छौं,’ गिग्सले भने ।

दोस्रो खेलपछि रोनाल्डिन्होले ट्वीटरमा ट्रफीसहितको फोटो हालेर एक मिनेटको भिडियोसमेत पोस्ट गरे । सन्देशमा उनले पाकिस्तानलाई धन्यवाद भनेका छन् ।

प्रकाशित : असार २७, २०७४ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?