कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सन्दीपको कप्तानीमा यू–१९ टोली

काठमाडौं — सन्दीप लामिछानेलाई कप्तान चुन्दै नेपालले सिंगापुरमा हुने यू–१९ विश्वकप छनोट एसियाका लागि १४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । नेपालसहित अफगानिस्तान, मलेसिया र सिंगापुर समावेश प्रतियोगिता सोमबार सिंगापुरमा सुरु हुँदै छ ।

सन्दीपको कप्तानीमा यू–१९ टोली

छनोट खेलाडीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, आसिफ शेख, प्रकाश केसी, अनिलकुमार शाह, पवन सर्राफ, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, प्रनित थापामगर, आदिल खान, किशोर महतो, रिजन ढकाल र साहब आलम छन् । सन्दीप जोरा, विक्रमकुमार भुषाल, रसिद खान र सुशान्तसिंह थापालाई वैकल्पिकमा राखिएको छ ।

आईसीसी एसियाका प्रमुख डेभलपमेन्ट अफिसर बैंकटपथी राजु, नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगत टमाटा र नेपाली यू–१९ का प्रशिक्षक विनोद दाससम्मिलत छनोट समितिले खेलाडी छानेको हो । दासले दिल्लीमा गरेको अभ्यासलाई आधार मानेर खेलाडी छनोट गरिएको जनाए ।

प्रकाशित : असार ३०, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?