२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अमलाको ८ हजार रन

एएफपी

नोटिङघम — हासिम अमलाले टेस्ट क्रिकेटमा ८ हजार रन पूरा गरेका छन् । ट्रेन्ट ब्रिजमा इङल्यान्डविरुद्धको दोस्रो टेस्टमा ७८ रन बनाएका दक्षिण अफ्रिकी ब्याट्सम्यानले उक्त कोसेढुंगा पार गरेका थिए । टस जितेको दक्षिण अफ्रिकाले पहिलो दिन पछिल्लो स्थितिमा ४ विकेट गुमाई २ सय १४ रन बनाएको छ ।

शुक्रबार ८ रन बनाएसँगै अमला टेस्ट क्रिकेटमा ८ हजार रन क्लबमा पुगेका थिए । यस्तो उपलब्धि पाउने उनी दक्षिण अफ्रिकाका ज्याक कालिस, ग्रिम स्मिथ र एबी डी भिलियर्सपछिका खेलाडी हुन् । खुलेर रन बनाउँदै आएका क्विन्टन डी ककसँग अमलाले तेस्रो विकेटमा १ सय १३ रनको साझेदारी गरे ।

चिया समयलगत्तै अमला र डी ककलाई स्टुवार्ट ब्रोडले आउट गरे । १ सय ४९ बल खेलेका अमलाले ११ चौका र १ छक्का प्रहार गरे । चौथो नम्बरमा पठाइएका डी ककले ८१ बल खेली ८ चौका प्रहार गरी ६८ रन बनाए । जेम्स एन्डरसनले डिन एल्गरलाई ६ रनमा आउट गरी इङल्यान्डलाई पहिलो सफलता दिलाए । ३ विकेट लिएका ब्रोडले अर्का ओपनर हेइनो कुनलाई ३४ रनमा बोल्ड गरे ।

पहिलो टेस्ट पारिवारिक कारण गुमाएका कप्तान फाफ डु प्लेसिस १७ र टेम्बा बाभुमा ५ रन बनाई क्रिजमा छन् । इङल्यान्ड लर्ड्सको पहिलो टेस्ट चार दिनमै जितेर चार टेस्टको शृंखलामा अगाडि छ ।

प्रकाशित : असार ३१, २०७४ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?