नेपाली युथ ५ गोलले पराजित

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको पहिलो खेलमा शनिबार आयोजक युनाइटेड अरब इमिरेट्स (यूएई) सँग ५–० ले पराजित भएको छ ।

नेपाल एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटको पहिलो खेलमा शनिबार आयोजक युनाइटेड अरबइमिरेट्स (यूएई) सँग ५–० ले पराजित भएको छ ।

अल आइनस्थित तहनोन बीन मोहमद रंगशालामा भएको समूह ‘डी’ को खेलमा नेपाल २२ मिनेटभित्रै ३ गोलले पछाडि परेको थियो । राष्ट्रिय टोलीबाट खेलिसकेका ९ खेलाडीसम्मिलित नेपालले मध्यान्तरपछि पाँचौं गोल खर्चिएको थियो । यस समूहमा अर्का दुई टोली उज्वेकिस्तान र लेबनान हुन् ।

प्रकाशित : श्रावण १, २०७४ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्

मुकुन्द्र र ज्योति वर्ष खेलाडी

कान्तिपुर संवाददाता

काठमाडौं — ललितपुरको जिल्ला प्रमुख डोजो लगनखेलले करातेका मुकुन्द्र महर्जन र ज्योति गिरीलाई ललितपुर कराते वर्ष खेलाडी–०७३ अवार्डबाट पुरस्कृत गरेको छ । अर्का कराते खेलाडी एवं डोजोका प्रशिक्षक विप्लवलाल श्रेष्ठ विशेष अवार्डबाट सम्मानित भए । तीनै जनालाई जनही १० हजार र सम्मानपत्र प्रदान गरियो ।

प्रकाशित : श्रावण १, २०७४ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्