भलिवलको उपाधी इटहरीको ट्रस्टलाई

प्रदीप मेन्याङ्बो

धरान — सुनसरीको बाझोगरा भलिबल क्लवद्धारा आयोजित पाँचौं पुर्वाञ्चल क्षेत्रिय भलिबल प्रतियोगिताको उपाधी इटहरीको ट्रष्ट नेपाल ओभरसिज प्रालिको टिमले जितेको छ ।

भलिवलको उपाधी इटहरीको ट्रस्टलाई

धरान–१५ स्थित एभरेष्ट लाइनको भलिबल कोर्टमा सम्पन्न फाइलनमा पूर्वक्षेत्रिय प्रहरी कार्यालय विराटनगर टिमलाई ३–१ को सेटले हराउदै ट्रष्टले उपाधि उचालेको हो ।

उपाधिसंगै ट्रष्टले नगद ४० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता पूर्वक्षेत्रिय प्रहरी कार्यालय विराटनगरले नगद २५ हजार रुपैयाँमा चित्त बुझाएको छ । ट्रष्टले प्रहरीलाई २५–१६, १८–२५, २५–१९, २५–१५ को सेटमा हराउन सफल भएको थियो ।

समापन समारोहमा ट्रष्टका नविन रिजाल बेष्ट ब्लकर, ट्रष्टकै दिवस लिम्बू बेष्ट स्पाइकर र बेष्ट डिफेन्स बसन्त राई घोषित भए । पूर्व क्षेत्रिय प्रहरीबाट उत्तम पोखरेल बेष्ट लिफ्टर र प्रदीपकुमार श्रेष्ठ बेष्ट प्लेयर घोषित भएका थिए । बेष्ट प्लेयरलाई २ हजार नगदसहित ट्रफी प्रदान गरिएको थियो भने अन्यलाई जनही १५ सय रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।

विजेताहरुलाई सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठ र क्लवका अध्यक्ष लोकेन्द्र खड्काले नगद तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा पूर्वका ११ वटा टिमहरु सहभागी बनेका थिए ।

पुर्वाञ्चल क्षेत्रीय भलिवल प्रतियोगिताको उपाधीकासाथ ट्रष्ट नेपाल ओभरसिज प्रालिको टिम । तस्वीर: प्रदीप/कान्तिपुर

प्रकाशित : श्रावण १, २०७४ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?