कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

फेडेररको कीर्तिमान

एएफपी

लन्डन — रोजर फेडेरर आठौंपल्ट विम्बल्डन जित्ने पहिलो पुरुष खेलाडी भएका छन् । यससँगै उनले जितेको ग्रान्डस्लाम उपाधि १९ पुगेको छ । फेडेररले आइतबार भएको फाइनलमा क्रोएसियाका मेरिन चिलिचलाई हराए ।

 फेडेररको कीर्तिमान

तेस्रो वरीयताका स्विस खेलाडी चोटबाट संघर्ष गरिरहेका सातौं वरीयताका खेलाडीमाथि ६–३, ६–१ र ६–४ ले विजयी रहे । दोस्रो सेटको क्रममा चिलिचलाई उपचार आवश्यक भएको थियो । 

सन् २०१२ यता पहिलोपल्ट विम्बल्डन जितेका फेडेररले यसका लागि १ घण्टा ४१ मिनेट मात्र खर्चे । फेडेरर आधुनिक समयमा विम्बल्डन जित्ने बढी उमेरका खेलाडी बनेका छन् । ‘खेलका क्रममा यस्तो अप्ठ्यारो हुने गर्छ,’ फेडेररले चिलिचको चोट इंगित गर्दै भने, ‘तर यसका बावजुत पनि मेरिनले राम्रो खेले र बलियो चुनौती पेस गरे । यसका लागि उनलाई म बधाई र धन्यवाद दिन चाहन्छु ।’

यसपल्टको उपाधिसँगै फेडेररले उपाधि कीर्तिमानमा पिट साम्प्रास र विलियम रेनसलाई उछिनेका छन् । साम्प्रासले सन् २००० र रेनसले सन् १८८९ मा सातौंपल्ट विम्बल्डन जितेका थिए । सर्वाधिक विम्बल्डन उपाधि जितेको कीर्तिमानमा अब फेडेररभन्दा मार्टिना नभराटिलोभा मात्र अगाडि छन् । 

नभराटिलोभाले नौपल्ट विम्बल्डनको एकल उपाधि जितेका छन् । जनवरीमा अस्ट्ेरलियन ओपनपछि ६ महिना आराम लिएका फेडेररले यस वर्षका तीनमध्ये दुई ग्रान्डस्लाम उपाधि जितेका छन् । 

प्रकाशित : श्रावण २, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?