२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

ट्रस्ट नेपाललाई उपाधि

धरान — इटहरीको ट्रस्ट नेपाल ओभरसिज प्रालिले पाँचौं पूर्वाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।


धरान–१५ स्थित एभरेस्ट लाइनको भलिबल कोर्टमा सम्पन्न फाइनलमा ट्रस्टले पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरलाई २५–१६, १८–२५, २५–१९, २५–१५ को सेटमा हरायो । विजेता ट्रस्टले ४० हजार रुपैयाँ र उपविजेता पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले २५ हजार रुपैयाँ प्राप्त गरे ।
ट्रस्टका नवीन रिजाल बेस्ट ब्लकर, दिवस लिम्बू बेस्ट स्पाइकर र वसन्त राई बेस्ट डिफेन्स घोषित भए । पूर्वक्षेत्रीय प्रहरीबाट उत्तम पोखरेल बेस्ट लिफ्टर र प्रदीपकुमार श्रेष्ठ बेस्ट प्लेयर चुनिए ।
विजेतालाई सुनसरी जिल्ला भलिबल संघका अध्यक्ष गोपाल श्रेष्ठ र क्लबका अध्यक्ष लोकेन्द्र खड्काले नगद तथा ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा पूर्वका ११ टिम सहभागी थिए ।

प्रकाशित : श्रावण २, २०७४ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?