पुजारा र रहानेको शतक

एएफपी

कोलम्बो — चेतेश्वर पुजारा र अजिन्क्या रहानेले शतक बनाएपछि भारतले बिहीबार श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा उत्कृष्ट सुरुआत गरेको छ। पहिलो दिन खेल सकिँदा भारतले ३ विकेट गुमाई ३ सय ४४ रन बनाएको छ।

पुजारा र रहानेको शतक

पुजाराले १ सय २८ र रहानेले १ सय ३ रन बनाउँदै चौथो विकेटमा २ सय ११ रनको नटआउट साझेदारी गरिसकेका छन्। श्रीलंकाले दिउँसोको सत्रमा महत्त्वपूर्ण २ विकेट लिएको अवस्थामा यी दुई जम्न सुरु गरेका थिए। फर्ममा रहेका पुजाराले आफ्नो ५० औं टेस्टमा १३ औं शतक बनाएका हुन्। रहानेको यो नवौं टेस्ट शतक हो। पहिलो टेस्ट जितेर शृंखलामा अगाडि रहेको भारत भोजनपछि लोकेश राहुल ५७ र विराट कोहली १३ रनमा आउट हुँदा केही क्षण दबाबमा पर्‍यो। पहिलो टेस्ट भाइरल ज्वरोका कारण गुमाएका राहुलको यो आठौं टेस्ट अर्धशतक हो। उनी पुजारासँग समन्वय मिलाउन नसक्दा रनआउट भए। भेट्रान देव्रेहाते स्पिनर रंगना हेराथले कोहलीलाई स्लिपमा क्याच गराए।

पुजारा र रहानेले थप विकेट झर्न दिएनन्। पहिलो टेस्टको पहिलो इनिङ्समा पनि १ सय ५३ रन बनाएका पुजाराले १० चौका र १ छक्का प्रहार गरे। रहानेले पनि स्पिनरलाई राम्रोसँग खेल्दै १ सय ६८ बलको इनिङ्समा १२ चौका प्रहार गरे। बिहानी सत्रमा दिलरुवान परेराले टस जितेर ब्याटिङ रोजेको भारतका शिखर धवनलाई ३५ रनमा एलबीडब्लू आउट गरेका थिए। पहिलो टेस्ट खेलिरहेका देव्रेहाते स्पिनर मालिन्दा पुष्पकुमाराले कुनै विकेट लिन सकेनन्। तीव्र बलर नुवान प्रदीपले ह्यामस्ट्रिङका कारण मैदान छाडेपछि श्रीलंकाको चिन्ता थप बल्झिएको थियो।

प्रकाशित : श्रावण २०, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?