२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

कीर्तिमान रच्नेलाई लाख

कान्तिपुर संवाददाता

काठमाडौं — आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदमा कीर्तिमान बनाएका चार खेलाडीले प्रतिकीर्तिमान एक लाख रुपैयाँ पाएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयले बिहीबार उनीहरूलाई नगदसहित सम्मान गरेको हो । कीर्तिमान बनाउने सबै एथलेटिक्सका खेलाडी थिए । विद्यालयस्तरीय राष्ट्रिय कीर्तिमान रचेका मध्यमाञ्चलका अजितकुमार यादव (१५ सय मिटर दौड), मध्यपश्चिमका तिलकबहादुर बिक (सटपुट), मध्यपश्चिमाञ्चलकी मञ्जु रावत (१५ सय मिटर दौड) र पश्चिमाञ्चलकी विपना परियार (सटपुट र ट्रिपलजम्प) छन् । दुई कीर्तिमानबराबर विपनाले २ लाख पुरस्कार पाइन् । 

अरुले जनही १ लाख पुरस्कार पाए । 

प्रकाशित : श्रावण २७, २०७४ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?