तीर्थको ह्याट्रिक

कान्तिपुर संवाददाता

ताप्लेजुङ — तीर्थ बस्नेतको ह्याट्रिकमा मोरङको सगरमाथा युथ क्लब शुक्रबार फिदिम स्पोर्टिङलाई ३–१ ले हराउँदै पाथीभरा गोल्डकप फुटबलको सेमिफाइनल पुगेको छ ।

तीर्थको ह्याट्रिक

तीर्थले तेस्रो, छैटौं र २२ औं मिनेटमा गरेको गोलमा सगरमाथालाई सेमिफाइनल पुग्न सहज भयो । पाँचथरको फिदिमबाट शरण बस्नेतले २१ औं मिनेटमा गरेको गोल सान्त्वना भयो । चारै गोल पहिलो हाफमा भए । मध्यान्तरपछि खेल प्रतिस्पर्धात्मक भए पनि गोल थपिएन । दोस्रो हाफपछि फिदिमले गोलकिपर परिवर्तन गरेको थियो । शुक्रबार म्यान आफ द म्याच ह्याट्रिक गर्ने तीर्थ भए । मोरङले फाइनल पुग्नका लागि आइतबार सशस्त्र प्रहरी बल दमकसँग खेल्नेछ ।

शनिबार नवप्रयास युथ क्लव ताप्लेजुङ र चर्च ब्वाइज क्लब काठमाडौंबीच पहिलो सेमिफाइनलमा हुनेछ ।

प्रकाशित : श्रावण २८, २०७४ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?