३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

आर्सनलको सनसनीपूर्ण जित

एएफपी

लन्डन — सब्टिच्युट ओलिभर जिरोडले हेडबाट खेलको अन्त्यतिर नाटकीय गोल गरेपछि आर्सनलले इङलिस प्रिमियर लिगमा शुक्रबार राति लेस्टर सिटीलाई ४-३ ले हराएको छ । सन् २०१७-१८ को सिजनको यो पहिलो खेल हो ।

आर्सनलको सनसनीपूर्ण जित

खेल सकिन सात मिनेट अगाडिसम्म आफ्नो घरेलु मैदान इमिरेट्समा आर्सनल ३-२ ले पछाडि थियो । त्यस स्थितिमा आरोन राम्सीसँगै जिरोडले गोल गर्दै खेल आफ्नो पक्षमा पारे । एलेक्जान्डर लेकाजेटको गोलले आर्सनलले ९४ औं सेकेन्डमा अग्रता लिएको थियो । लगतै सिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए ।

लेस्टरका लागि जेमी भार्डीले दुई गोल गरे । यस्तै आर्सनलका तर्फबाट डानी वेलब्याकले एक गोल गरे । जितसँगै आर्सन वेन्गरको आर्सनलले अंक तालिकामा सुरुआती अग्रता लिएको छ । 

प्रकाशित : श्रावण २८, २०७४ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?