२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

धवनको आक्रामक शतक

पालेकेले (एएफपी) — शिखर धवनले भारतका लागि शनिबार श्रीलंकाविरुद्धको तेस्रो टेस्टको पहिलो दिन आक्रामक शतक बनाएका छन् । खेलको अन्त्यतिर श्रीलंकाली स्पिनरले पाँच भारतीय ब्याट्सम्यानलाई आफ्नो शिकार बनाए र खेल रोमाञ्चक मोडमा रह्यो ।

धवनको आक्रामक शतक

मलिन्डा पुष्पकुमाराले तीन विकेट लिए भने लकसन सान्डकानले दुई विकेट आफ्नो नाममा लेखाए । दिनको खेल समाप्त हुँदा भारत छ विकेट गुमाएर ३ सय २९ रनको स्थितिमा छ । पुष्पकुमाराले भारतीय माथिल्लो क्रमलाई आफ्नो बायाँ हाते स्पिन आक्रमणको मदतले दबाबमा राखे । उनले धवन र लोकेश राहुलबीच १ सय ८८ रनको साझेदारीमा पनि पूर्ण विराम लगाए ।

शिखरले १ स २३ बलमा १ सय १९ रन बनाए । बायाँ हाते रिस्ट स्पिनर सन्डकनले भारतीय कप्तान विराट कोहलीको बहुमूल्य विकेट लिए । कोहलीले ४२ रन बनाए । धवन र राहुल पहिलो सेसनमा श्रीलंकाली बलिङ आक्रमणमाथि हाबी रहे । राहुलले ८५ रन बनाए ।

प्रकाशित : श्रावण २८, २०७४ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?