सिन्धु र फ्रिडम भिड्ने

कान्तिपुर संवाददाता

काठमाडौं — सिन्धु एफसी र फ्रिडम फाइटर प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबलको फाइनल पुगेका छन् ।

सिन्धुले लुम्बिनी कलेजलाई ४–० ले पराजित गर्दा आलिक तामाङ र सुबोध लामाले २–२ गोल गरे । फ्रिडमले गुरु गणेशलाई १–० ले हरायो । सन्तोष तामाङले विजयी गोल गरे । फाइनल सोमबार हुनेछ । 

प्रकाशित : श्रावण २९, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

आंगिकलाई प्राथमिकता

सीटीईभीटी निर्णय
कान्तिपुर संवाददाता

काठमाडौं — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले तीनवर्षे डिप्लोमा तह अध्ययन गराउन आफ्ना आंगिक शिक्षालयमा नयाँ कार्यक्रम थप गरेको छ ।

सीटीईभीटीको बिहीबारको १४७ औं बैठकले निर्माण पूरा भएको नयाँ शिक्षालयमा यसै वर्षदेखि पढाइ सञ्चालन गर्ने र पुराना शिक्षालयमा नयाँ कार्यक्रम थप्ने निर्णय गरेको हो । 

त्यसअनुसार धौलागिरि पोलिटेक्निक बागलुङ, रोल्पा पोलिटेक्निक, रत्नकुमार बान्तवा इलाम र सिन्धुली सामुदायिक टेक्निकलमा डिप्लोमा इन कृषि (पशुपालन) विषयमा पढाइ हुने भएको छ । रामेछाप पोलिटेक्निक तथा किसान प्राविधिक शिक्षालय स्याङ्जामा एग्रो फरेस्ट्रीमा बाली विज्ञान, गोरखा पोलिटेक्निक पालुङटार र जय किसान रौतहटमा सिभिल इन्जिनियरिङ, सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेज सर्लाहीमा नर्सिङ, काली गण्डकी बहुप्राविधिक शिक्षालय गजरकोट तनहुँमा फरेस्ट्री विषय सञ्चालन गरिने भएको छ । पूर्वाधार तयार भएका यी संस्थामा यस वर्षदेखि पढाइ सुरु गर्न लागिएको हो । यस्तै, स्याङ्जाको पूर्णामृत भवानी माविमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ सञ्चालन गर्न दिने निर्णय गरेको छ । 
सीटीईभीटीले ६ आंगिक क्याम्पसमा विषय थप गरेको छ । स्कुल अफ हेल्थ साइन्स भरतपुरमा डेन्टल हाइजिन, ग्रामीण तालिम केन्द्र तनहुँमा बाली विज्ञान, लहान प्राविधिक शिक्षालयमा पशुपालन, भेरी शिक्षालय बाँकेमा सिभिल इन्जिनियरिङ, कोरिया नेपाल इन्स्टिच्युट रूपन्देहीमा रेफ्रिजेरेसन एन्ड एयर कन्डिसनिङ इन्जिनियरिङ र कर्णाली प्राविधिक शिक्षालय जुम्लामा फरेस्ट्री विषय थपिएका हुन् । 

प्रकाशित : श्रावण २९, २०७४ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्