म्यानचेस्टर सिटीको प्रभावशाली सुरुआत

एएफपी

लन्डन — उपाधिको बलियो दावेदार रहेको म्यानचेस्टर सिटीले शनिबार राति इङलिस प्रिमियर लिगमा प्रभावशाली सुरुआत लिएको छ । उसले ब्राइटन एन्ड होभलाई २–० ले हरायो ।

सिटीले उत्कृष्ट खेल पस्केपनि दुवै गोलका लागि दोस्रो हाफ कुर्नु परेको थियो । उसले ७० औं मिनेटमा सर्जियो अगुरोको गोलले अग्रता लियो । लेविस डन्कले ७५ औं मिनेटमा आत्मघाती गोल गरे ।

प्रकाशित : श्रावण २९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

समिट र लोयल्टी विजयी

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौं — न्यु समिट र लोयल्टी एकेडेमी १२ औं क्वीक्स–ग्रिनल्यान्ड कप अन्तरस्कुल बास्केटबलमा विजयी भएका छन् । शनिबार सिनियर ब्वाइजमा समिटले मन्जुगोक्सा एकेडेमीलाई ३३–२८ ले हरायो ।

प्रवीण लामाले १३ स्कोर गरे । लोयल्टीले सौरभ कटुवालको ११ स्कोर मदतमा इन्नोभेटिभमाथि ३४–२८ को जित पायो । जुनियर ब्वाइजमा गोल्डेनपिक, सामाखुसी बोर्डिङ र माउन्ट ग्लोरी विजयी भए । 

 

प्रकाशित : श्रावण २९, २०७४ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्