कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चर्च ब्वाइज उपाधि नजिक

पाथीभरा गोल्डकप
कान्तिपुर संवाददाता

ताप्लेजुङ — स्थानीय टिम नव प्रयास युथ क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज क्लब काठमाडौं पाथीभरा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शनिबार राज पौडेलले नवौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।

निकै प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीले पटक–पटक बल पोस्ट छेउ पुर्‍याए पनि गोल गर्न सकेन । चर्च ब्वाइजले ए डिभिजन खेलिसकेका खेलाडी मैदान उतारेको थियो । नवप्रयासबाट स्थानीय खेलाडी उत्रिएका थिए । 

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका प्रवास गुरुङ भए । चर्च ब्वाइजले सोमबार हुने फाइनल सगरमाथा युवा क्लब विराटचोक मोरङ र सशस्त्र प्रहरी टिम दमकको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सदरमुकामस्थित भानुजन माविको मैदानमा सगरमाथा र सशस्त्र टिम आइतबार भिड्दै छन् । 

प्रकाशित : श्रावण २९, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?