उपेन र ज्योति विजेता

कान्तिपुर संवाददाता

काठमाडौं — ग्यालेक्सी पब्लिकका उपेन पराजुली र श्रीदिवाकी ज्योति गुरुङले प्रथम उपत्यकाव्यापी अन्तरस्कुल टेबलटेनिसमा स्वर्ण जितेका छन् ।

यू–१६ तर्फ ब्वाइजमा उपेन र गल्र्समा ज्योति च्याम्पियन भए ।

उपेनले अरुणिमाका क्षितिज खनाललाई ८–११, १४–१२, ५–११, १३–११, ११–८ को सेटमा हराए । ज्योतिले चिल्ड्रेन गार्डेनकी मन्जु मगरातीलाई ११–८, ११–९, ११–२ ले रोकिन् । यू–१२ तर्फ ब्वाइजमा चिल्ड्रेनका विवेक थिङ र गल्र्समा चिल्ड्रेनकै सोनी तामाङ विजेता भए । 

विवेकले मातृभूमिका उत्सर्ग निरौलालाई १४–१२, ११–५, ११–१ को र सोनीले चिल्ड्रेनकै कमला तामाङलाई ११–९, ११–८, ११–५ को सोझो सेटमा हराए ।

प्रकाशित : श्रावण २९, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?