१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मेवेदरले अन्तिम फाइट पनि जिते

एजेन्सी

लास भेगास — अमेरिकी बक्सर फ्लड मेवेदरले कोनोर म्याक्ग्रेगोरलाई १० औं राउन्डमा नकआउट गर्दै आइतबार करिअरको अन्तिम फाइट जितेका छन् । ५० औं जितसँगै उनले व्यावसायिक बक्सिङ करिअरलाई अपराजित रुपमा टुंग्याए । ‘मनी मेकर’को रुपमा प्रख्यात मेवेदर हेभिवेट च्याम्पियन हुन् ।

मेवेदरले अन्तिम फाइट पनि जिते

अमेरिकी बक्सर फ्लड मेवेदरले कोनोर म्याक्ग्रेगोरलाई १० औं राउन्डमा नकआउट गर्दै आइतबार करिअरको अन्तिम फाइट जितेका छन् ।

५० औं जितसँगै उनले व्यावसायिक बक्सिङ करिअरलाई अपराजित रुपमा टुंग्याए । ‘मनी मेकर’को रुपमा प्रख्यात मेवेदर हेभिवेट च्याम्पियन हुन् । आयरल्यान्डका म्याक्ग्रेगरको भने बक्सिङमा यो नै पहिलो खेल हो । उनी युएफसी (अल्टिमेट माइटिङ च्याम्पियनसिप)का राजकुमार मानिन्छन् । त्यसैले मेवेदर र म्याक्ग्रेगरको लास भेगासमा भएको फाइटलाई युएफसी–बक्सिङबीच पनि प्रतिष्ठाको रुपमा लिइएको थियो । यसमा बक्सिङले बाजी मार्‍यो ।

बहुचर्चित् खेलमा दुई वर्षअघि फिलिपिनो बक्सर म्यानी पाक्यियोलाई पराजित गरेका मेवेदरमाथि सुरुका तीन राउन्ड म्याक्ग्रेगर हाबी भएका थिए । चौथो राउन्डपछि भने मेवेदर प्रभावशाली देखिए । अन्त्यतिर उनीसामु म्याक्ग्रेगरलाई रिङमा उभिन पनि गाह्रो भएको थियो । अन्तत: रेफ्रिले दसौं राउन्डमा खेल रोके र मेवेदरले करिअरको ५० औं जित हात पारे । उनले यसैले आफ्नो अन्तिम खेल भएको बताएका छन् ।

प्रकाशित : भाद्र ११, २०७४ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?