२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी

रोयटर्स

पोर्टो — कप्तान क्रिस्टियानो रोनाल्डोको पाँचौ अन्तर्राष्ट्रिय ह्याट्रिकसँगै पोर्चुगलले फिफा विश्वकप २०१८को छनौटमा फरो आइल्यान्डलाई ५-१ ले पराजित गरेको छ ।

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगल विजयी

खेलको तेस्रो मिनेटमा एक्रोब्याटिक भलीमार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए । पेनाल्टीमा दोस्रो गोल गरेका रोनाल्डोले दोस्रो हाफमा ह्याट्रिक पूरा गर्दै छनौटमा आफ्नो गोल संख्या १४ पुर्‍याए । पोर्चुगलका लागि अन्य दुई गोल विलियाम कार्भाल्हो र नेलसन ओलिभिएराले गरे ।

३२ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि १ सय ४४ खेलमा ७८ गोल गरेका छन् ।

समूहकै अर्को खेलमा स्विट्जरल्यान्डले एन्डोरालाई ३-० ले पराजित गर्‍यो । समूह 'बी' को शीर्षस्थानमा रहेको स्विट्जरल्यान्ड पोर्चुगलभन्दा ३ अंकले अगाडि छ । समूहको शीर्षस्थानमा रहने टोली स्वत: विश्वकपका लागि छनौट हुनेछ भने दोस्रो स्थानमा रहेका उत्कृष्ट ८ टोलीले प्लेअफ खेल्नेछन् ।

 

प्रकाशित : भाद्र १६, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?