बेल्जियम विश्वकपमा छनोट

एएफपी

पेरिस — रामेलु लुकाकुको निर्णायक गोलमा बेल्जियम आइतबार राति सन् २०१८ को विश्वकपमा छनोट हुने पहिलो युरोपेली देश भएको छ । युरोपेली विश्वकप छनोटमा बलियो फ्रान्स भने लक्जेम्बर्गको हातबाट गोलरहित बराबरीमा रोकिएको छ ।

बेल्जियम विश्वकपमा छनोट

म्यानचेस्टर युनाइटेड फरवार्ड लुकाकुले थोमस मेउनरको क्रसलाई ७४ औं मिनेटमा गोल गरेपछि बेल्जियमले समूह ‘एच’ ग्रिसलाई २–१ ले हरायो र यो जितसँगै बेल्जियम समूहको शीर्ष स्थानमा रहने निश्चित भयो ।

बेल्जियमसँगै अहिलेसम्म ब्राजिल, इरान, जापान र मेक्सिको आउने विश्वकपमा छनोट भइसकेका छन् । रुसले आयोजकका रूपमा स्वत: प्रवेश पाउने छ ।

प्रकाशित : भाद्र १९, २०७४ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?