कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कान्छीमायाको गति र अवार्ड

काठमाडौं — लामो दूरीकी धाविका कान्छीमाया कोजु पल्सर स्पोर्ट्स अवार्ड २०७३ को दुई विधाको मनोनयनमा परेकी छिन् । वर्षकी उत्कृष्ट महिला खेलाडी र पिपुल्स च्वाइस अवार्डका दाबेदार हुन् उनी ।

यसमा उनले ब्याडमिन्टनमा ऐतिहासिक पदक जितेकी नङसल तामाङ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र आर्मीकी धाविका सरस्वती भट्टराईसँग प्रतिस्पर्धा गर्ने छिन् ।

कान्छीमायाले गत वर्ष हाफ म्याराथनमा ५ उपाधि जितिन् । राष्ट्रिय रेकर्डसहित म्याराथन र हाफ म्याराथनको उपाधिहरू जितेकी हुन् । उनले काठमाडौं म्याराथनमा २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले पिंकाथन हाफ म्याराथनमा पनि १ घण्टा १८ मिनेट २५ सेकेन्डको राष्ट्रिय कीर्तिमान रचिन् । उनले धनगढी, नेपालगन्ज, भारतको दार्जिलिङ र कान्तिपुर हाफ म्याराथनको उपाधिसमेत जितेकी थिइन् । उनले पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा ५ र १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् भने ४ गुणा ४ सय मिटर रिलेमा रजत हात पारेकी हुन् । 

आर्मीकी आर्चरी खेलाडी ज्ञानु पहिलोपल्ट अवार्डको महिला वर्ष खेलाडीको मनोनयनमा परेर आर्चरीलाई उचाइमा पुर्‍याएकी छन् । उनले ढाकामा सम्पन्न अन्तर्राष्ट्रिय सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा नेपाली महिला टिमबाट रजत पदक जितिन् । त्यसमा उनले सर्वाधिक ५ सय ६४ स्कोर बटुलेकी थिइन् । सातौं राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमानसहित रिकर्भ ७० मिटरमा स्वर्ण जित्नाले उनलाई अवार्डको मनोनयनमा पार्न भूमिका खेल्यो । 

आर्मीकै नङसलले भाइ रत्नजितसँगै मिक्स डबल्समा नेपाललाई अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पहिलो स्वर्णपदक दिलाएकी थिइन् । उनीहरूले पाकिस्तान अन्तर्राष्ट्रिय सिरिजमा स्वर्ण जितेका थिए । नङ्सलले घरेलु प्रतियोगितामा सिंगल, डबल्स र मिक्स डबल्समा गरी गत वर्ष सात उपाधि जितेकी थिइन् । उनले सातौं राष्ट्रिय खेलकुदमा सिंगल, डबल्स र टिम इभेन्टमा स्वर्ण कब्जा गरेकी हुन् ।

एपीएफकी सावित्रा राष्ट्रिय महिला फुटबलकी मुख्य फरवार्ड हुन् । उनी २०७३ सालमा नेपालका लागि १३ गोल गरेकी थिइन् । उनले १२ गोल चौथो साफ महिला च्याम्पियनसिपमा गरिन् । भुटानविरुद्ध एकै खेलमा कीर्तिमान ६ गोल गर्न सफल उनी प्रधानसेनापति कपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । उनले घरेलु फुटबलमा २९ गोल गरेकी थिइन् ।

सरस्वती रियो ओलम्पिकमा १५ सय मिटर ४ मिनेट ३३.९४ सेकेन्डमा पूरा गर्दै २६ वर्ष पुरानो राजकुमारी पाण्डेको राष्ट्रिय कीर्तिमान तोडेकी धाविका हु्न् । उनले सातौ राष्ट्रियमा १५ सय, ८ सय मिटर र ४ गुणा ४ सय मिटर रिलेमा गरी ३ स्वर्ण चुमेकी थिइन् ।

प्रकाशित : भाद्र २२, २०७४ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?