कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनीललालको स्मृतिमा भारोत्तोलन

काठमाडौं — सुनीललाल जोशी स्मृति प्रथम नेपाल स्ट्रोङगेस्ट २०१७ भारोत्तोलन प्रतियोगिता हुने भएको छ । उनका अनुयायी तथा शुभचिन्तकको पहलमा काठमाडौं जिल्ला भारोत्तोलन संघले भदौ २८ र २९ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।

नेपालका सर्वाधिक अन्तर्राष्ट्रिय पदकधारी जोशीको असार ११ मा निधन भएको थियो ।

प्रतियोगितामा सिनियरतर्फ महिलाका ७ र पुरुषका ८ तथा जुनियरतर्फ महिला र पुरुषका समान ६ तौल समूहमा प्रतिस्पर्धा गराइने आयोजक संघका विजेन्द्रविक्रम शाहले जानकारी गराए । उनका अनुसार तीन विभागीय र १८ जिल्लाका करिब ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पहिलो नेपाल स्ट्रोङगेस्ट पुरुष र महिला खेलाडी घोषणा गरी समान ११ हजार पुरस्कार प्रदान जनाइएको छ । राष्ट्रिय कीर्तिमान बनाउनेलाई सम्मान गरिनेछ । जुनियरमा उदीयमान खेलाडी घोषणा गरेर पुरस्कृत गरिने भएको छ ।

प्रतियोगितालाई नेपाल भारोत्तोलन संघको सहयोग रहने छ ।

प्रकाशित : भाद्र २२, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?