स्टेफेन्स र केयेस फाइनलमा

काठमाडौं — सलोनी स्टेफेन्स र म्याडिसन केयेस तीन महिना अगाडिसम्म समान घुँडाको चोटको समस्यबाट गुज्रिरहेका थिए । यिनै दुई खेलाडीले बिहीबार यूएस ओपनको महिला एकलको फाइनल यात्र तय गरेका छन् । स्टेफेन्स जुलाईमा मात्र कोर्टमा फर्केका हुन्, ११ महिनाको टाढा रहेर ।

स्टेफेन्स र केयेस फाइनलमा

तर पहिलो सेमिफाइनलमा उनले सात पल्टको ग्रान्ड स्लाम विजेता भेसन विलियम्सलाई ६–१, ०–६  ७–५ ले पराजित गरिन् । 

‘म निकै खुसी छु, ग्रान्ड स्लाम फाइनलमा पुगेकोमा । यसलाई शब्दमा बयान गर्न सकिनँ,’ उनले भने, ‘त्यसमाथि यो आफ्नै देशको ग्रान्ड स्लाम हो । प्रत्येक अमेरिकी खेलाडीले यहाँसम्म पुग्ने सपना बोकेको हुन्छ ।’

अर्का अमेरिकी खेलाडी १५ औं वरीयता प्राप्त केयसले फ्रेन्च ओपनको पहिलो चरणबाट बाहिरिएयता दस महिना आराम गर्नु परेको थियो । केयसले यसपल्ट आफ्नै देशका अर्की खेलाडी कोको भान्डवेघलाई ६६ मिनेटभित्र ६–१ र ६–२ ले हराइन् । 

‘म वास्तवमै फाइनल पुगेकी छु भनेर पनि विश्वास भइरहेको छैन,’ केयसले भनिन, ‘मैले आज वास्तवमै निकै राम्रो खेलें । अहिले मेरो दिमागमा धेरै विचार खेलिरहेको छ र यी सबैको म बयान गर्न सक्दिनँ । फाइनल पुगेको म पनि निकै खुसी छु ।’ स्टेफेन्स र केयेस अमेरिकी फेडकप टिमका साथी खेलाडी हुन् । अब शनिबार आर्थर ऐस स्टेडियमा हुने फाइनलमा उनीहरूले ३७ लाख डलरको पहिलो पुरस्कार राशिका लागि खेल्नेछन् ।

प्रकाशित : भाद्र २३, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?