कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नाडालको उपाधि भिडन्त एन्डरसनविरुद्ध

एएफपी

न्युयोर्क — शीर्ष वरीयताका राफेल नाडालले यूएस ओपनको उपाधिका लागि केभिन एन्डरसनसँग फाइनलमा भिड्ने भएका छन् । स्पेनी खेलाडी नाडालले शुक्रबार रातिको फाइनलमा अर्जेन्टिनाका जुवान मार्टिन डेल पेट्रोलाई हराए ।

नाडालको उपाधि भिडन्त एन्डरसनविरुद्ध

एक समय लगातार गेम जितेका नाडालले आर्थर ऐस भएको पुरुष एकलको दोस्रो सेमिफाइनल ४–६, ६–०, ६–३ र ६–२ ले जिते । तेस्रो पल्ट यूएस ओपन जित्ने अभियानमा रहेका नाडालले आइतबार फाइनलमा १६ औं ग्रान्ड स्लाम उपाधिका लागि प्रयास गर्नेछन् ।

यसअघि प्रतियोगिताको पहिलो सेमिफाइनलमा केभिन एन्डरसनले पाब्लो करेनोलाई ४–६, ७–५, ६–३ र ६–४ ले हराए । उनी ग्रान्ड स्लाम फाइनलमा पुगेको पहिलो पल्ट हो । यस्तै ३० वर्षयता ग्रान्ड स्लाम फाइनल पुग्ने पहिलो दक्षिण अफ्रिकी खेलाडी पनि भएका छन् ।

एटीपीमा ३२ औं वरीयताका यी खेलाडी सन् १९७३ यता यूएस ओपनको इतिहासमा उपाधिका लागि भिड्ने सबैभन्दा तल्लो वरीयता प्राप्त खेलाडी पनि भएका छन् ।

प्रकाशित : भाद्र २४, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?