लिभरपुल सिटीसँग ५-० ले पराजित

म्यानचेस्टर (एएफपी) — इङ्गलिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटीले लिभरपुललाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । सर्जियो अगुएरोको २४ औं मिनेटको गोलसँगै खेलमा पछि परेको लिभरपुल ३७ औं मिनेटमा थप समस्यामा पर्यो ।

लिभरपुल सिटीसँग ५-० ले पराजित

फरवार्ड साडियो मानेले सिटीका गोलरक्षक एडरसनलाई फल हानेपछि रेफ्रीले रातो कार्ड देखाए । १० खेलाडीमा सीमित लिभरपुल पहिलो हाफमा २-० ले पछाडी रह्यो । ग्यब्रिएल जिससले अतिरिक्त समयमा गोल गर्दै अग्रता बढाएका थिए ।

दोस्रो हाफमा सिटीका लागि जिससले अर्को गोल थपे । उनकै स्थानमा मैदान प्रवेश गरेका लेरोय सानेले २ गोल गरेपछि सिटी ५-० ले विजयी रहयो । लिभरपुलका नयाँ खेलाडी एलेक्स अक्स्लेड च्याम्बरलिनले दोस्रो हाफमा डेब्यु गरेका थिए ।

लिगमा अपराजित रहेको सिटीले सुरुवाती ४ खेलमा ३ जित र १ बराबरी गरेको छ ।

प्रकाशित : भाद्र २४, २०७४ १९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?