कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कान्छीमाया कोजुलाई पिपुल्स च्वाइस अवार्ड

पल्सर स्पोर्टस् अवार्ड

काठमाडौं — म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान कायम गरेकी कान्छुमाया कोजुले पल्सर स्पोर्टस् अवार्डमा पिपुल्स च्वाइस विधामा अवार्ड जितेकी छन् । नेपाल खेलकुन पत्रकार मञ्चले स्थापना गरेको अवार्ड कोजुलाई सोमबार आयोजित समारोहमा हस्तान्तरण गरिएको हो ।

कान्छीमाया कोजुलाई पिपुल्स च्वाइस अवार्ड

उनी अघिल्लो वर्ष आयोजित ५ वटा हाफ म्याराथनमा पहिलो भएकी थिइन् । उनले काठमाडौं म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् भने पिंकाथन हाफ म्याराथनमा पनि उनी कीर्तिमानसहित स्वर्ण जित्न सफल भइन् ।

न्यू ताइपेई सिटी म्याराथनमा उनले ११ औं स्थानमा दौंड पूरा गरेकी थिइन् । यो अवार्ड एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा निर्धारण गरिएको हो ।

 

प्रकाशित : भाद्र २६, २०७४ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?