गोलकिपर किरण लिम्बु ‘वर्ष खेलाडी’

काठमाडौं — नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको पल्सर स्पोर्टस् अवार्डमा उनलाई वर्ष खेलाडी अवार्ड दिइएको हो ।

गोलकिपर किरण लिम्बु ‘वर्ष खेलाडी’

उनी समावेश भएको राष्ट्रिय टोलीले एएफसी सोलिड्यारिटी कम जितेको थियो । उनले सेमीफाइनलमा लाओससँग तीन पेनाल्टी रोकेका थिए । उनले एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि एक पेनाल्टी बचाउ गरेका थिए । 

उनी हाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित छन् । 

बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन किरण लिम्बुले महत्वपूर्ण योगदान दिएका थिए ।

लिम्बु हाल माल्दिभ्समा रहेकाले उनकी आमाले अवार्ड लिएकी थिइन् ।

 

प्रकाशित : भाद्र २६, २०७४ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?