कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जापानी जुडो टोली नेपालमा

काठमाडौं — अल जापान जुडो फेडेरेसनका विशेष सल्लाहकार ओगावा गोतारो नेपाल आएका छन् । ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत गोतारोको नेतृत्वमा ५ सदस्यीय जापानी जुडो टोली नेपाली खेलाडीलाई प्रशिक्षण दिन सोमबार नेपाल आइपुगेको हो ।

गोतारोसँगै फेडेरेसनका अन्तर्राष्ट्रिय विभाग प्रमुख ओनुकी सायाको तथा जुडो खेलाडीत्रय यगी आयाका, मुकाइ सुन सुके र उत्सिरो युसुकेको आएका छन् । 

उनीहरूले मंगलबारै प्रशिक्षण सुरु गरिसकेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाए । उनीहरूले राष्ट्रिय टिम, जुडो खेल प्रशिक्षण हुने अनाथलय, नेपाल आर्मी, उपत्यकाका डोजोमा गएर खेलाडीलाई प्रशिक्षण दिने बताइएको छ । तालिम सेप्टेम्बर १९ सम्म चल्नेछ । बज्राचार्यले प्रशिक्षणले भविष्यका लागि खेलाडी तयार गर्न सहज हुने बताए ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?