३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भुटानसँग सजिलो जितको आशा

काठमाडौं — नेपालले एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दै छ । मलेसियामा जारी प्रतियोगितामा जित हात पारेमा नेपाल सेमिफाइनल पुग्नेछ ।

नेपालले सोमबार पहिलो खेलमा थाइल्यान्डलाई २ सय ५५ रनले पराजित गरेको थियो ।

नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टिम हो । नेपालले भुटानलाई पराजित गरे समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल पुग्नेछ । सिंगापुरले समूह चरणका पहिलो दुई खेल जितिसकेको छ । सिंगापुरले भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो ।

सिंगापुरसँग भुटानले १ सय १२ रनमात्र बनाउन सकेको थियो । नेपालका प्रशिक्षक विनोद दास र कप्तान दीपेन्द्रसिंह ऐरीले ब्याटिङमा केन्द्रित हुने बताउँदै आएका छन् । थाइल्यान्डसँग नेपालले २ सय ८१ रन बनाउँदा अनिलकुमार शाहले ९१ र प्रनित थापामगरले ५० रन बनाएका थिए ।

प्रकाशित : भाद्र २८, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?