भीमनारायण गोल्डकप सुरु

कान्तिपुर संवाददाता

धनकुटा — धनकुटामा सहिद भीमनारायण आमन्त्रण गोल्डकप फुटबलको १३ औं संस्करण मंगलबार सुरु भएको छ । बेलबारी फुटबल क्लबले आयोजक धनकुटालाई ४–१ ले पराजित गर्‍यो ।

बेलबारीले दुवै हाफमा २–२ गोल गरेको थियो ।

बेलबारीका दीपक राईले दुई गोल गरे । उनले नवौं र अन्तिम मिनेटमा गोल गरेका थिए । उनी म्यान अफ द म्याच भएका थिए । बुधबार बिर्ता युनाइेटड झापा र गोधूलि क्लब धरानबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्

गरुडालाई उपाधि

कान्तिपुर संवाददाता

काठमाडौं — ललितपुर स्पोर्ट्स प्रशिक्षण केन्द्रले आयोजना गरेको अन्तरस्कुल महिला फुटबलको उपाधि गरुडा स्पोर्ट्स प्रशिक्षण केन्द्र (जीएसटीसी) ले जितेको छ ।

गरुडाले फाइनलमा चुनदेवी शिक्षा मन्दिरलाई २–१ ले हरायो । विजेताकी मनीषा थापा मगर उत्कृष्ट खेलाडी भइन् । 

 

प्रकाशित : भाद्र २८, २०७४ ०७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT