बार्सिलोनासँगै ठूला क्लबका विजयी सुरुआत

एएफपी

पेरिस — लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले युरोपेली च्याम्यिन्स लिगमा युभेन्ट्सलाई मंगलबार राति सजिलै ३–० ले हराएको छ । बार्सिलोनासँगै प्रतियोगिताको पहिलो दिन अरु ठूला क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), म्यानचेस्टर युनाइटेड र चेल्सीले पनि विजयी सुरुआत लिएका छन् ।

बार्सिलोनासँगै ठूला क्लबका विजयी सुरुआत

गत संस्करणको उप विजेता युभेन्ट्सविरुद्ध समूह ‘डी’ को खेलमा बार्सिलोनालाई कठिनाइ हुने अनुमान गरिएपनि मेसीको उत्कृष्ट प्रदर्शनका कारण बार्सिलोना सहज जित आत्मसात् गर्न सफल रहेको हो । पछिल्ला सिजन बार्सिलोना युभेन्ट्सकै हातबाट क्वाटरफाइनलमा पराजित भएको हो ।अहिले बार्सिलोनाले त्यसको बदला पनि लिएको छ ।

यसै समूहको अर्को खेलमा स्पोर्टिङ लिस्वनले ओलम्पियाकोजलाई ३–२ ले हरायो । नेयमारको पीएसजीले भने समूह ‘बी’ मा सेल्टिकमाथि ५० को जित निकाल्यो । त्यसै समूहमा बायर्न म्युनिखले एन्डरलेटलाई ३-० ले पन्छायो ।

यस्तै समूह ‘ए’ मा म्यानचेस्टर युनाइटेडले बासेललाई ३-० र सीएसकेए मस्कोले बेनफिकालाई २-१ ले हरायो । समूह ‘सी’ मा चेल्सीले कोराबागलाई ६-० ले पराजित गर्न सफल रह्यो भने एएस रोमा र एटलेटिको म्याड्रिडले गोलरहित बराबरी खेले ।

प्रकाशित : भाद्र २८, २०७४ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?