१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विश्व-११ माथि पाकिस्तानको जित

रोयटर्स

लाहोर — पाकिस्तानले विश्व-११लाई २० रनले पराजित गर्दै तीनवटा ट्वान्टी-२० खेलको शृंखलामा १-० को अग्रता लिएको छ । लाहोरको पूर्वी क्षेत्रको रंगशालामा मंगलबार भएको खेलमा विश्व क्रिकेटका ठुला हस्तीहरुको उपस्थिति थियो ।

विश्व-११ माथि पाकिस्तानको जित

पहिलो ब्याटिङ गरेको घरेलु टोलीका लागि ओपनर बाबर आजमले ८६ रनको आक्रामक पारी खेलेका थिए । टोलीले १ सय ९७ रनको विशाल योगफल खडा गर्न सफल रहयो । जवाफी ब्याटिङमा उत्रिएको विश्व-११ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन मात्र जोड्न सक्यो । 

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमन गर्ने हेतुले यस शृंखलाको आयोजना गरिएको हो । सन् २००९ मा श्रीलंकाको टोलीमाथि हमला हुँदा ६ खेलाडी घाइते भएका थिए । त्यसयता पाकिस्तानमा एक मात्र टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । मंगलबारको खेल आयोजना गर्न करिब ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रकाशित : भाद्र २८, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?