नेपाल ९ विकेटले विजयी [अपडेट]

काठमाडौं — मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ९ विकेटले पराजित गरेको छ । भुटानले प्रस्तुत गरेको ५१ रनको लक्ष्य नेपालले ८.३ ओभरमा प्राप्त गर्‍यो ।

नेपाल ९ विकेटले विजयी [अपडेट]

ओपनर आसिफ शेखले अविजित २३ रन र सन्दिप सुनारले सर्वाधिक २१ रन जोडेपछि नेपालको जित सम्भव भएको हो । अर्का ब्याट्सम्यान अनिल साह ४ रनमा अविजित रहे । भुटानको लागि एकमात्र विकेट छिरिङ पेन्जोरले लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको भुटान ५० रनमा अलआउट भएको थियो। नेपाली बलरसामु टिक्न नसकेको भुटानी टोलीले २८ ओभरमात्र ब्याटिङ गर्न सक्यो ।

यस जितसँगै नेपाल सेमिफाइनल पुगेको छ । नेपाल सम्मिलित समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गर्यो । सिंगापुरले यसअघि भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो । नेपाल र सिंगापुर समूह विजेताको छिनोफानो गर्न बिहीबार भिड्दैछन् ।

...

मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ५० रनमा अलआउट गरेको छ । बुधबार टस जितेर ब्याटिङ रोजेको भुटान २८ ओभर मात्र टिक्यो ।

भुटानका लागि कप्तान टासी फुन्त्सोले सर्वाधिक १६ र ओपनर उगेन दोर्जीले १३ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ ब्याट्सम्यानलाई पेभेलियन फर्काए । भुटानको पहिलो विकेट नन्दन यादवले लिएका थिए ।

भुटानविरुद्ध जित हात पारेमा नेपाल सेमिफाइनल पुग्नेछ । नेपाल प्रतियोगिताको प्रमुख दाबेदार टिम हो । नेपालले भुटानलाई पराजित गरे समूह ‘ए’ बाट सिंगापुर पनि सेमिफाइनल पुग्नेछ । सिंगापुरले समूह चरणका पहिलो दुई खेल जितिसकेको छ । सिंगापुरले भुटानलाई ९ विकेट र थाइल्यान्डलाई ९२ रनले पराजित गरेको थियो ।

प्रकाशित : भाद्र २८, २०७४ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?