कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कमलाले रचिन् कीर्तिमान

काठमाडौं — आर्मीकी खेलाडी कमला श्रेष्ठले बुधबार सुरु पहिलो स्ट्रोङगेस्ट २०१७ सुनीललाल जोशी स्मृति भारोत्तोलनमा तीन राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

कमलाले रचिन् कीर्तिमान

महिला ६३ केजी जुनियरतर्फ उनले स्न्याचमा ६२ केजी, क्लिन एन्ड जर्कमा ८१ केजीसहित कुल १ सय ४३ केजी उचालेर कीर्तिमान बनाएकी हुन् । यसअघि २०७० सालमा काठमाडौंमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीको नाममा स्न्याचमा ३५, क्लिनमा ५३ र कुलमा ८८ केजी तौलको कीर्तिमान थियो । उक्त विधामा आर्मीकै मनिता श्रेष्ठ (स्न्याच ६१ र क्लिन ८०) कुल १ सय ४१ केजीसाथ दोस्रो भइन् ।

सोही तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्न्याचमा ५५ केजी र क्लिनमा ६८ केजीका गरी कुल १ सय २३ केजीसाथ पहिलो भइन् । आर्मीकी उषा खड्का स्न्याचमा ५५ र क्लिनमा ६७ केजीसहित कुल १ सय २२ केजीसाथ दोस्रो भइन् ।

सिनियर ५३ केजी तौलमा बााकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी उचाल्दै आफ्नै नामको कीर्तिमानमा सुधारिन । यसअघि उनले एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा ८० केजी उचालेकी थिइन् । उनले स्न्याचमा ५७ उठाउँदा कुल १ सय ३८ केजीसाथ स्वर्ण जितिन् । दोस्रो स्थानेकी झापाकी सुमी भट्टराई स्न्याचमा २२ र क्लिनमा २७ गरी कुल ४९ केजी उचालेर दोस्रो भइन् । जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्न्याचमा ३५ र क्लिनमा ५१ केजीबाट स्वर्ण जितिन् । सप्तरीकी सन्तोषी यादवले रजत र पर्साकी रबिना बस्नेतले कांस्य जिते ।

काठमाडौं जिल्ला भारोत्तोलन संघले ललितपुरस्थित बालकुमारी ब्याङक्वेटमा आयोजना गरेको प्रतियोगिताको ४८ केजी जुनियरमा झापाकी करिना चौधरीले स्नाचमा २८ र क्लिनमा ३७ केजीबाट स्वर्ण, सप्तरीका सरिता यादवले रजत र बन्जिता थापामगरले कांस्य जिते । सोही स्पर्धाको सिनियरतर्फ आर्मीकी रिता गुरुङले स्न्याचमा ४०, क्लिनमा ४५ केजीसाथ स्वर्ण तथा बाँकेकी तारा चौधरीले रजत जिते ।

जुनियर ५८ केजीमा कास्कीकी टीकामाया गुरुङले स्न्याचमा ५० र क्लिनमा ६४ केजी उचालेर स्वर्ण जितिन् । सप्तरीकी काजल यादवले रजत जितिन् । सोही तौलको सिनियरतर्फ आर्मीकी मनीषा रानाभाटले स्न्याचमा ४८ र क्लिनमा ६५ केजीसाथ स्वर्ण जितिन् । ६९ केजी जुनियरमा लाइफ फिजिकलकी प्रियंका शाह ठकुरीले स्न्याचमा ३८ र क्लिनमा ४३ केजीसहित स्वर्ण तथा चितवनकी पूजा कुमालले रजत जितेका थिए । ७५ केजीमा मनकुमारी कुमाल र ९० केजीमा अस्मिता राईले स्वर्ण जिते ।

प्रकाशित : भाद्र २९, २०७४ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?