रियलको जितमा रोनाल्डो नायक, केन पनि चम्किए

म्याड्रिड — फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल गरेपछि डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले च्याम्पियन्स लिगमा सुखद् सुरुआत गरेको छ ।

रियलको जितमा रोनाल्डो नायक, केन पनि चम्किए

रियलले बुधबार साइप्रसको च्याम्पियन एपोएल निकोसियालाई ३-० ले हरायो । घरेलु लिगमा निलम्बनका कारण विश्राममा रहेका रोनाल्डोले खेलको १२ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको सुरुआतमा एपोएलका डिफेन्डरले ह्यान्डबल गरेपछि रियलले पेनाल्टी पायो । पेनाल्टीमा रोनाल्डोले कुनै गल्ती गरेनन् । कप्तान सर्जियो रामोसले तेस्रो गोल गर्दै रियलको जित पक्का गरे ।

यसै गरी समूहको अर्को खेलमा इङलिस टोली टोटेनहम हट्स्परले बोरुसिया डर्टमुण्डलाई ३-१ ले पराजित गर्‍यो । वेम्बली मैदानमा भएको खेलमा जर्मन टोली खेलको चौथो मिनेटमै पछाडि पर्‍यो । दक्षिण कोरियाका फरवार्ड ह्युङ मिन सनले स्पर्सलाई अग्रता दिलाए ।

तर, यसै सिजन क्लबमा भित्रिएका यार्मालेन्कोले गोल गर्दै डर्टमुण्डलाई बराबरीमा ल्याए । त्यसको केही मिनेटमै इङ्ल्यान्डका फरवार्ड ह्यारी केनले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई पुन: अगाडि बढाउन सफल रहे । दोस्रो हाफमा केनले अर्को गोल थपेपछि टोटेनहमले ३ अंक हात पार्‍यो।

प्रकाशित : भाद्र २९, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?