कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिटीको सानदार सुरुआत, लिभरपुल रोकियो

लिभरपुल — खेलमा पछाडि परेर पुनरागमन गरे पनि अग्रता बचाउन नसक्दा च्याम्पियन्स लिगको पहिलो खेलमा लिभरपुलले सेभियासँग २-२ को बराबरी खेलेको छ ।

सिटीको सानदार सुरुआत, लिभरपुल रोकियो

समूह 'इ' अन्तर्गतको पहिलो खेलको पाँचौ मिनेटमा विसम बेन येदरले पाहुना टोलीलाई अग्रता दिलाए पनि २१औं मिनेटमा रोबर्टो फिर्मिनोले खेललाई बराबरीमा ल्याए । पहिलो हाफको आठ मिनेट बाँकी हुँदा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसको पाँच मिनेटपछि लिभरपुलले अग्रता दोब्बर पार्ने सुनौलो अवसर गुमायो । फरवार्ड साडियो मानेलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई फिर्मिनोले पोस्टमा हाने । दोस्रो हाफको ७२औं मिनेटमा सेभियाका होआकिन कोर्रियाले गोल गर्दै खेललाई बराबरीमा ल्याए । थप गोल हुन नसक्दा दुवै टोलीले १/१ अंक बाँडे ।

समूहको अर्को खेलमा पनि रसियाली टोली स्पार्टाक मस्को र मारिबोरले १-१ को बराबरी खेले । 

यसै गरी समूह 'एफ'मा अर्को इङ्लिस टोली म्यानचेस्टर सिटीले भने सहज जित हात पार्‍यो। उसले डच टोली फेयेनुर्डलाई ४-० ले पराजित गर्‍यो । सिटीको जितमा डिफेन्डर जोन स्टोन्सले दुई गोल गरे भने फरवार्डद्वय सर्जियो अगुएरो र ग्याब्रिएल् जेससले १/१ गोल थपे । त्यसै समूहमा शाख्तार डोनेस्कले इटालियन टोली नेपालीलाई २-१ ले पराजित गर्‍यो ।

समूह 'जी'को खेलमा बेसिक्टासले एफसी पोर्टोलाई ३-१ ले पराजित गर्‍यो । अर्को खेलमा आरबी लेप्जिग र मोनाकोले १-१ को बराबरी खेले । 

प्रकाशित : भाद्र २९, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?