१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रामबहादुर दाहालले जिते शारीरिक सुगठन प्रतियोगिताको उपाधि

प्रथम नेपाल च्याम्पियन राष्ट्रिय खुल्ला प्रतियोगिता

धरान — झापाका रामबहादुर दाहाल धरानमा आयोजित प्रथम नेपाल च्याम्पियन राष्ट्रिय खुल्ला शारीरिक सुगठन प्रतियोगितामा आकर्षक शरीरका धनी ठहरिए । उनले प्रथम नेपाल च्याम्पियनको उपाधि हात पार्दै नगद राशी १ लाख सहित ट्रफि, व्यानेट र एकथान जगर मेसिन प्राप्त गरे ।

रामबहादुर दाहालले जिते शारीरिक सुगठन प्रतियोगिताको उपाधि

 

गतवर्षको मिस्टर नेपालको उपाधि जितिसकेका उनले ७० केजी तौल समूहबाट प्रथम हुदै अलओभर राउण्डमा २० जनालाई पछि पार्दै उपाधि जितेका हुन् । उनले उपाधि जितेपछि भने, ‘मेरो लक्ष क्रमस पुरा हुँदै गएको छ । युवा पुस्ता शारीरिक सुगठन तर्फ आकर्षित हुन थालेकाले उनीहरुका लागि प्रेरणाको स्रोत बन्न र शारीरिक सुगठनको विकासमा ध्यान दिने छु ।’

 

धरानको सभागृहमा बुधबार अबेर रातिसम्म भएको प्रतियोगितामा आयोजक एलाइनेट जिमका  खेलाडी रमेश कार्की ६५ केजी तौल समूहबाट अलओभर राउण्डमा फर्स्ट रनर अप भए । उनले नगद ५० हजार रुपैयाँमा चित्त बुझाए । सोही तौलसमूहबाट आएका एआरओ जिमका विकास धिमाल सेकेण्ड रनरअपमात्र भए । उनले नगद ४० हजार रुपैयाँ हात पारे । बुटवलबाट ५५ केजी तौल समूहबाट सहभागी सुनिल आले थर्ड रनर अप हुँदै मस्ट इम्प्रुभर टाइटलको ५ हजार पुरस्कार सहित नगद ३५ हजार रुपैयाँ हात पारे । 

 

प्रतियोगितामा बेस्ट पोजरको टाइटल मनिकुमार राई, मोस्ट मस्कुलरको टाइटटल सुकदेव कार्की घोषित भए । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे । झापा, मोरङ, सुनसरी, राजविराज, काठमाडौं, पोखरालगायतका जिम क्लवबाट सहभागी मध्ये विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बुले ट्रफी तथा नगद र प्रमाणपत्र वितरण गरेका थिए ।

 

उक्त अवसरमा विभिन्न खेलकुद क्षेत्रमा योगदान दिएका अग्रजहरुलाई सम्मान र अभिनन्दन समेत गरिएको थियो । राखेपका सदस्य सचिव विष्टलाई अभिनदन गरिएको थियो । शारीरिक सुगठनका तर्फबाट राष्ट्रिय रेफ्री राजभगत प्रधानाङ्ग, फुटवल तर्फ एन्फाका उपाध्यक्ष किशोर राई, व्यवयासीय तर्फ डम्बर तामाङ र राजेन्द्र राउतलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रकाशित : भाद्र २९, २०७४ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?