१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'ए' डिभिजन लिगमा १६ टोली हुने, होम एण्ड अवेमा खेलिने

काठमाडौं — अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसै वर्षबाट 'ए' डिभिजनमा सहभागी हुने क्लब संख्यालाई बढाएर १६ पुर्याउने भएको छ । एन्फाको बिहीबार बसेको कार्यसमिति बैठकले यो निर्णय लिएको हो ।

'ए' डिभिजन लिगमा १६ टोली हुने, होम एण्ड अवेमा खेलिने

यसअघि १२ टोली रहेकोमा अब राष्ट्रिय लिग खेलेका मोफसलका ४ क्लबले पनि एन्फाले 'ए' डिभिजनको मान्यता पाएका छन् । एन्फाले 'ए' डिभिजन लिग पनि 'होम एण्ड अवे' पद्दतिमा खेल्ने निर्णय लिएको छ । यसअघि ए डिभिजनमा रहेका सबै क्लब काठमाडौं उपत्यकाका थिए ।

एन्फाले अघिल्लो बैठकमा मंसिर दोस्रो साताबाट लिग आयोजना गर्ने जनाएको थियो ।

उपत्यकाका 'ए' डिभिजन क्लब: थ्री स्टार क्लब, मनाङ मर्स्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, सरस्वति युथ क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, ब्रिगेड ब्वाइज क्लब

नवप्रवेशी मोफसलका क्लब: झापा एघार, मोरङ, रुपन्देही, सुदुरपश्चिम फुटबल क्लब

प्रकाशित : भाद्र २९, २०७४ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?