कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सन्दीप बंगलादेश प्रिमियर लिगको ‘ड्राफ्ट’मा

विनोद पाण्डे

काठमाडौं — नेपालका लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटको ‘ड्राफ्ट’ मा परेका छन् । सन्दीपले एजेन्ट मार्फत बीपीएल खेल्न निवेदन दिएको बताइएको छ ।

सन्दीप बंगलादेश प्रिमियर लिगको ‘ड्राफ्ट’मा

बीपीएलको ड्राफ्ट शनिबार हुँदैंछ । बीपीएलका लागि २ सय ८ विदेशी खेलाडी ड्राफ्टमा रहेका छन् । नेपालबाट ड्राफ्टमा पर्ने सन्दीप एक्लो हुन् । एसोसिएट राष्ट्रका ८ खेलाडी त्यो सुचिमा रहेका छन् । ड्राफ्टमा परेका खेलाडी टिममा नछानिन पनि सक्छन् ।

ड्राफ्टबाट शनिबार कुन खेलाडीले कुन टिमबाट खेल्ने चयन गरिँदैछ । खेलाडीलाई ६ समूहमा विभाजन गरिएको छ । ‘ए’ वर्गिकरणमा पर्नेले ७० हजार डलर पारिश्रमिक पाउने छन् । सबभन्दा तलको ‘एफ’ वर्गिकरणमा पर्नेले बीपीएलमा खेले वापत १० हजार डलर पारिश्रमिक पाउने छ ।

सन्दीप हाल नेपाल यू–१९ क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै मलेसियामा छन् । नेपालले शनिबार आयोजक मलेसियालाई पराजित गरी एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताको फाइनल पुगिसकेको छ । पछिल्ला दुई यू–१९ प्रतियोगिताको १० खेलमा सन्दीपले ३६ विकेट लिइसकेका छन् ।

सन् २०१५ को अप्रिल नामिबियाको खेलबाट नेपाली राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका सन्दीपले यसअघि हङकङ र अस्ट्रेलियामा गएर पनि खेलिसकेका छन् ।

प्रकाशित : भाद्र ३१, २०७४ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?