इंग्ल्यान्डको सजिलो जित
म्यानचेस्टर — जोनी बियरस्टोले बनाएको पहिलो अन्तर्राष्ट्रिय वान डे शतकको मदतले इंग्ल्यान्डले वेस्ट इन्डिजलाई मंगलबार राति वेस्ट इन्डिजलाई सात विकेटले हराएको छ ।
सिरिजको पहिलो वान डेमा बियरस्टो १०० रन बनाएर नटआउट रहे र घरेलु टिमले सजिलै ११ ओभरको खेल अगाडि नै २ सय ५ रनको लक्ष्य प्राप्त गरेको थियो ।
भिजेको मैदानका कारण खेल ४२ ओभरमा छोट्याइएको थियो । वेस्ट इन्डिजका लागि क्रिस गेलले वान डे टिममा पुर्नआगमन गरे । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले नौ विकेटमा २ सय ४ रन बनाएको थियो ।
प्रकाशित : आश्विन ४, २०७४ ०७:२९प्रतिक्रिया