नेपाल र भारत बराबरीमा

एएफसी यू-१६ च्याम्पियनसिप छनोट

काठमाडौं — एएफसी यू-१६ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत समूह 'डी'को दोस्रो खेलमा नेपाल र भारतको खेल बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित रहेकोमा दोस्रो हाफमा दुवै टोलीले २/२ गोल गरे ।

नेपाल र भारत बराबरीमा

विर्जेश चौधरीको गोलमा नेपालले ७६ औं मिनेटमा अग्रता लिएको थियो । ८२ औं मिनेटमा हरप्रितले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।


तीन मिनेटपछि हरप्रितले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई अग्रता दिलाए । ८८ औं मिनेटमा विर्जेशले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यस बराबरीसँगै नेपालको छनोट हुने गणितीय सम्भावना कायम छ । भारतले भने अन्तिम खेल जित्नै पर्ने हुनेछ ।

दिनको पहिलो खेलमा इराकले प्यालेस्टाइनलाई ४-० ले पराजित गरेको थियो ।

प्रकाशित : आश्विन ६, २०७४ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?