कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपालद्वारा माल्दिभ्स पराजित

काठमाडौं — साफ यू–१८ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० ले पराजित गरेको छ । जितसँगै नेपालले प्रतियोगितामा पहिलो अंक जोड्यो ।

नेपालद्वारा माल्दिभ्स पराजित

नेपालको जितमा दुवै हाफमा १/१ गोल भएको थियो । पहिलो हाफमा रोमन लिम्बुले सुरुआती गोल गरेका थिए । दोस्रो हाफमा  रेजिन सुब्बाले अग्रता दोब्बर पारे । खेलको अन्तिम मिनेटमा अभिषेक रिजालको पेनाल्टी क्रसबारमा लाग्दा नेपालले अग्रता बढाउने मौका गुमायो । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजक भुटानसँग १–० को हार बेहोरेको थियो । नेपालले अब बंगलादेश र भारतको सामना गर्नेछ । 

प्रकाशित : आश्विन ६, २०७४ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?