कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

नेपाल उपविजेता

काठमाडौं — अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डीमा उपविजेता बनेको नेपाली टोली । शनिबार फाइनलमा नेपाल भारतसँग ५९–२१ अंकले पराजित भएको थियो ।

नेपाल उपविजेता

काठमाडौं (कास)– नेपाली टोली अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष कबड्डी प्रतियोगितामा दोस्रो भएको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा नेपाल छिमेकी भारतसँग ५९–२१ अंकले पराजित भएको हो । भारतका गुरदीप उत्कृष्ट केचर तथा भारतकै विनित शर्मा उत्कृष्ट रेडर चुनिए । 

राउन्ड रोबिन लिगमा भारत विजेता र नेपाल उपविजेता हुँदै फाइनल पुगेका थिए । अखिल नेपाल कबड्डी संघद्वारा आयोजित तीन राष्ट्र सहभागी प्रतियोगिताको राउन्ड रोबिन लिगमा भारतले नेपाल र बंगलादेशलाई हराएको थियो । नेपालले बंगलादेशमाथि जित पाएको थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलाडीलाई पुरस्कार वितरण गर्दै कबड्डी संघलाई दक्षिण एसियाली कबड्डी च्याम्पियनसिपको तयारी गरे राखेपले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित : आश्विन ८, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?