कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खुला पौडीमा देवेश विजयी

लेखनाथ — एपीएफ क्लबका देवेश मानन्धरले पोखरामा सम्पन्न सातौं खुला पौडीको उपाधि जितेका छन् । फेवातालमा शनिबार भएको २.५ किलोमिटर दूरीको पौडी देवेशले २१ मिनेट ०४.०१ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।

खुला पौडीमा देवेश विजयी

एपीएफकै शुभम श्रेष्ठ दोस्रो भए । उनले २१ मिनेट ०४.०७ सेकेन्डमा दूरी पार गरेका थिए । तेस्रो भएका आर्मीका रुद्र कटुवालले २१ मिनेट ५०.९६ सेकेन्ड लगाए । पहिलो, दोस्रो र तेस्रोले क्रमश: २५, १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

महिलातर्फ पोल्यान्डकी भेनिसा ज्विक २५ मिनेट ००.३४ सेकेन्डमा निर्धारित दूरी पार गरेर विजेता भइन् । उपास्ती महर्जन र अनुष्का पोखरेल दोस्रो र तेस्रो भए । उनीहरूले क्रमश: २५ मिनट ४७.३१ सेकेन्ड र २६ मिनेट ५६.९२ सेकेन्डमा दूरी तय गरेका थिए । पहिलो, दोस्रो र तेस्रोले ८, ५ र ३ हजार रुपैयाँ पाए ।

कास्कीका खेलाडीबीच भएको स्थानीय प्रतियोगितामा धनमान गुरुङ २७ मिनेट ३१.५० सेकेन्डका साथ विजेता भए । अर्जुन नेपालीले ३१ मिनेट ५०.९९ सेकेन्ड र दीपेन्द्र खड्काले ३६ मिनेट २९.२५ सेकेन्डमा दूरी पार गरेर क्रमश: दोस्रो र तेस्रो भए । शीर्ष तीनका विजेताले ८, ५ र ३ हजार रुपैयाँ पाए । दुई विदेशीसहित १ सय ४० खेलाडी प्रतिस्पर्धी थिए । नेपाल पौडी संघ र कास्की जिल्ला पौडी संघको आयोजनामा ८ वर्षयता माछापुच्छ्रे कप तथा खुला पौडी आयोजना हुँदै आएको छ ।

प्रकाशित : आश्विन ८, २०७४ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?