२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘नेपालको लक्ष्य उपाधि नै’

साफ यू–१८

काठमाडौं — साफ यू–१८ च्याम्पियनसिपअन्तर्गत तेस्रो खेलमा नेपालले सोमबार बंगलादेशको सामना गर्दै छ । पहिलो खेलमा आयोजक भुटानसँग १–० ले पराजित नेपालले दोस्रो खेलमा माल्दिभ्समाथि २–० को विजय नतिजा निकालेको थियो ।

प्रशिक्षक छिरिङ लोप्साङले टोलीले पहिलो खेल हारे पनि अझै पनि उपाधि दाबेदारका रूपमा रहेको बताए । ‘हामीले खेलेका दुवै खेलमा ४–५ गोलले जित्नुपर्ने स्थिति थियो । तर खेलाडीबीच समन्वय कमीले अवसर सदुपयोग गर्न नसक्दा दुर्भाग्यपूर्ण हार बेहोर्नुपर्‍यो । बंगलादेशविरुद्ध गर या मरको स्थितिमा छौं । पछिल्लो जितसँगै टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरेको छु,’ उनले भने ।

नेपालले उपाधि बचाउन बाँकी दुवै खेल जित्नुपर्नेछ । बुधबार भारतको सामना गर्दै छ । अंकतालिकामा बंगलादेश र भुटानको ६–६ अंक छ भने नेपाल र भारतले ३–३ अंक जोडेका छन् ।

प्रकाशित : आश्विन ९, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?