कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्च ब्वाइज उपाधि नजिक

अर्जुन राजवंशी

दमक — काठमाडौंको चर्च ब्वाइज युनाइटेड प्रथम दूधे गोल्डकप फुटबलको फाइनल पुगेको छ । चर्च ब्वाइजले पहिलो सेमिफाइनलमा मोरङ ११ लाई ४–० को अन्तरमा पराजित गर्दै गरेको हो ।

चर्च ब्वाइज उपाधि नजिक

आइतबारको खेल चर्च ब्वाइजले आफ्नो नियन्त्रण कायम राखेको थियो । अरुण श्रेष्ठले नवौं मिनेटमा गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । उनले वान भर्सेज वानमा सहजै गोल गरेका थिए । ३२ औं मिनेटमा विदेशी खेलाडी एलिबा मेसीले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोलले पछि परेको मोरङले दोस्रो हाफमा थप दुई गोल खाएको थियो । चर्चका लागि अर्का विदेशी अजय मार्टिन केले ५४ औं मिनेटमा तेस्रो गोल गरे । ६३ औं मिनेटमा एलिबाले व्यक्तिगत दोस्रो र टिमका लागि चौथो गोल गर्दै जित सुनिश्चित बनाए । खेल अवधिभर मोरङले गोलका लागि खासै अवसर बनाउन सकेन । उसका कप्तान दीपक राई बाहेकले विपक्षीको गोलपोस्टमा धावा बोल्न सकेनन् । दीपकले २३ र ४६ औं मिनेटमा प्रहार गरेको फ्रिकिक क्रसबार नजिकैबाट बाहिरियो । मोरङले २६ औं मिनेटमा पेनाल्टी एरियामा पाएको अवसर पनि खेर फालेको थियो । 
पहिलो हाफमा दुवै टिमले आक्रामक खेल पस्किए । दुई गोलले पछि परेपछि मोरङले दोस्रो हाफमा रक्षात्मक खेल खेलेको थियो । दैनिकजसोको वर्षाले गर्दा शिवसताक्षी नगरपालिका–११ स्थित दूधे मैदान हिलाम्मे भएको छ । त्यसले आइतबार खेलाडीलाई खेल्न निकै कठिन भयो । दुई गोल गरेका चर्च ब्वाइजका मेसी म्यान अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ पाए । 
सोमबार हिमालयन शेर्पा क्लब र विभागीय टिम एपीएफ भिड्ने छन् । 

प्रकाशित : आश्विन ९, २०७४ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?